Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक यात्राका लागि गोरखा जाने

पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक यात्राका लागि गोरखा जाने


  • 1.3K
    Shares

    • images
    पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक यात्राका लागि गोरखा जाने

    काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक यात्राका लागि गोरखा जाने भएका छन् । ज्ञानेन्द्र यसै साता गोरखा जान लागेको उनका सम्वाद सचिव डा. फणिराज पाठकले जानकारी दिए ।

    उनका अनुसार यसै साता गोरखा जान लागेका ज्ञानेन्द्रले गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिर दर्शन र पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।

    ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गरिसबक्सन यसै हप्ता गोरखा सवारी होइबक्सँदैछ,’ संवाद सचिव पाठकले भने ।

    त्यसो त पछिल्ला केही महिनादेखि पूर्व राजा ज्ञानेन्द्र धार्मिक यात्रा गरिरहेका छन् । नेपालका पवित्र धार्मिक स्थल मात्र नभएर मित्र राष्ट्र भारतमा समेत पुगेर पूजाआजा गर्दै आइरहेका छन् ।

    गत फागुन २५ गते उनी पोखराबाट काठमाडौं आउँदा भव्य रुपमा स्वागत गरिएसँगै राजावादीहरु हौसिएका छन् । पुनः राजतन्त्र फर्काउन आन्दोलनको तयारी गरिसकेका छन् ।

    485368588_1336981064204883_5558449313170003676_n-593x768.jpg

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १२:०२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij