Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सुनको मूल्यमा दिनहुँ उच्च मूल्यको नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्यमा दिनहुँ उच्च मूल्यको नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?


  • 1.2K
    Shares

    • images
    सुनको मूल्यमा दिनहुँ उच्च मूल्यको नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं । सुनको मूल्यमा दिनहुँ उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम हुन थालेको छ। हिजो (मंगलबार) अहिलेसम्मकै महँगो बनेको सुनले आज फेरि महँगो मूल्यको नयाँ रेकर्ड बनाएको हो।

    आज प्रतितोला आठसय रुपैयाँ बढेर सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको मूल्य तोलाको एक लाख ७६ हजार रुपैयाँ पुगेको छ। 

    मंगलबार प्रतितोला ११ सय रुपैयाँ बढेर सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार दुईसय रुपैयाँ पुगेको थियो। महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। प्रतितोला पाँच रुपैयाँ घटेर चाँदीको मूल्य २ हजार ४५ रुपैयाँ कायम भएको हो। 

    गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बनेको हो। 

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - ११:२०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij