Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

इनारभित्र भेटियो पुरुषको शव

इनारभित्र भेटियो पुरुषको शव


  • 1.7K
    Shares

    • images
    इनारभित्र भेटियो पुरुषको शव

    धनुषामा  इनारभित्र एक पुरुषको शव फेला परेको छ । मिथिला नगरपालिका–८, जमुनिवासमा इनारभित्र स्थानीय अन्दाजी ३५ वर्षीय नारायण घिसिङको शव भेटिएको हो।

    घिसिङको शव आफ्नै घर छेउमा रहेको इनारभित्र मंगलबार शव निकालिएको सशस्त्र प्रहरी बल धनुषाका उपरीक्षक निर्मल खड्काले जानकारी दिए ।

    उनका अनुसार सशस्त्र प्रहरी धनुषाबाट ६ जनाको गोताखोर टोलीले मंगलबार बिहान  उनको शव ९० फिट गहिरो सुख्खा इनारबाट निकालिएको हो ।

    मृतक घिसिङका पिता काजीसिंह घिसिङले छोरा चार दिनदेखि घरबाट हराइरहेको भन्दै आफन्त तथा चिने जानेका व्यक्तिहरूलाई फोन गरेर खोजी गर्न आग्रह गरेका थिए। सोमबार साँझ घरका केटाकेटी इनार नजिक पुगेपछि सडेको दुर्गन्ध आएपछि इनारभित्र हेर्दा मानिसको जस्तो हातखुट्टा देखिएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

    शवलाई पोष्टमार्टमका लागि महोत्तरीको बर्दिबासस्थित बर्दिबास अस्पतालमा पठाइएको छ ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - २०:३१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij