Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

१२८ चिनियाँ पर्यटक लिएर छेन्दुबाट पोखरा आयो सिचुवान एयरलाइन्सको जहाज

१२८ चिनियाँ पर्यटक लिएर छेन्दुबाट पोखरा आयो सिचुवान एयरलाइन्सको जहाज


  • 1.2K
    Shares

    • images
    १२८ चिनियाँ पर्यटक लिएर छेन्दुबाट पोखरा आयो सिचुवान एयरलाइन्सको जहाज

    काठमाडौं । पोखरा। १२८ चिनियाँ पर्यटक लिएर सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । 

    आजदेखि पोखरा– छेन्दु रुटमा नियमित व्यावसायिक १० हप्ता चार्टर उडान हुने तालिकाअनुसार पहिलो दिन सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नेपालस्थित चिनियाँ दूतावासले सिचुवान एयरलाइन्समा १२८ चिनियाँ पर्यटक लिएर आएको बताएको छ । 

    दूतावासले भनेको छ,‘ चिनको छेन्दुबाट पहिलो नियमित व्यावसायिक चार्टर उडान भर्खरै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो, १२८ यात्रुहरू सहित पोखरा आइपुग्यो, चाँडै नै यसले १२० भन्दा बढी यात्रुहरूलाई चीन लैजाँदैछ ।’

    पोखरा अवतरण भएको जहाज मार्फत नेपालबाट १२० बढी यात्रु लिएर छेन्दु उड्नेछन् । दुई देशबिच पर्यटन प्रवर्द्धनका कार्यक्रम समेत भएकोले पोखरा महानगरका मेयर धनराज आचार्यले यसको नेतृत्व गर्नेछन् । पोखरा महानगरले सन् २०२५ लाई भ्रमण वर्ष घोषणा गरेको छ ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १२:१८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij