Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

आज अवकाश हुँदै आईजी वसन्त कुँवर, को बन्लान् नयाँ आईजीपी ?

आज अवकाश हुँदै आईजी वसन्त कुँवर, को बन्लान् नयाँ आईजीपी ?


  • 1.7K
    Shares

    • images
    आज अवकाश हुँदै आईजी वसन्त कुँवर, को बन्लान् नयाँ आईजीपी ?

    काठमाडौं । सोमबार राति १२ बजेबाट प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर अनिवार्य अवकाशमा जाँदैछन् ।

    अवकाशमा जान लागेका कुँवरलाई आइतबार नै सशस्त्र प्रहरी हेडक्वाटरले बिदाइसमेत गरिसकेको छ । आज सोमबार प्रहरी हेडक्वाटरले कुँवरको बिदाइ गर्नेछ ।

    विद्यमान प्रहरी नियमावलीअनुसार ३० वर्षे उमेर सेवा अवधिका कारण उनी अवकाशमा जान्छन् । कुँवर अवकाशमा जाने भएसँगै ३१ औं आईजी को बन्छन् भन्ने प्रमुख चासो रहेको छ ।

    ३१ औं आईजीका तीन एआईजीहरु प्रतिस्पर्धामा छन् । जसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख तथा एआईजी कार्यरत दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान ९प्रहरी एकेडेमी०का प्रमुख तथा एआईजी सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ छन् । उनीहरू तीन जनामध्ये एक जनालाई सरकारले आईजीमा बढुवा गर्नेछ ।

    आईजी बढुवाका लागि आज मन्त्रीपरिषद् बैठक बस्ने बताइए पनि समय भने अहिलेसम्म यकिन भइसकेको छैन । अहिले आईजीपीको प्रतिस्पर्धामा रहेका तीनै जना हालका आईजीपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका रुपमा भदौ २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - ११:३६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij