२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि फेरी पनि दरखास्त माग गरेको छ । पहिलोपटक खुलाइएको आवेदनमा कुनै पनि उम्मेदवार योग्य नभएपछि दोस्रो पटकको लागि आवेदन आह्वान खुलाएको छ ।
सीईओ पदको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन लगायत विषयमा स्नातकोत्तर गरेको ३५ देखि ६३ वर्ष उमेरको व्यक्तिले आवेदन दिन सक्ने उल्लेख छ ।आवेदन दिने म्याद २१ दिन रहेको छ ।
सीईओको लागी ५ करोड चुक्ता पुँजी भएको वा कम्तीमा १० जना पूर्णकालीन कर्मचारी भएको पाँच वर्ष भन्दा पुरानो कम्पनीमा कार्यअनुभव भएको तथा राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थामा अधिकृतस्तरको राजपत्राङ्कित द्वितीय श्रेणीको दसौँ तहमा ७ वर्ष काम गरेको कार्यअनुभव हुनुपर्ने व्यवस्था साझा यातायातले गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij