Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

‘समाजवादी मोर्चा प्रचण्डलाई सरकारमा जान बनाइएको टेको होइन’

‘समाजवादी मोर्चा प्रचण्डलाई सरकारमा जान बनाइएको टेको होइन’


  • 1.7K
    Shares

    • images
    ‘समाजवादी मोर्चा प्रचण्डलाई सरकारमा जान बनाइएको टेको होइन’

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा आफूलाई सरकारमा जाने टेकोका रुपमा निर्माण नगरिएको बताएका छन्।

    शनिबार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। प्रचण्डको लागि समाजवादी टेको बनाइयो भन्नेकुरा सही नभएको उनको भनाई थियो।

    उनले समाजवादी मोर्चालाई फागुन २५ गतेको राजावादीहरुको प्रदर्शनपछि मात्रै सक्रिय बनाइएको भन्नेकुरा गलत भएको र यसअघि पनि आफूहरुले विभिन्न कार्यक्रम गरेको स्पष्ट पारे।

    अध्यक्ष दाहालले भने, ‘समाजवादी मोर्चा प्रचण्डको लागि टेको हो भन्नेकुरा बिल्कुलै गलत हो। हामीले समाजवादी मोर्चा सोचे, सम्झेर बनाएको हो। पहिला उपेन्द्र यादव हुनुहुन्थ्यो, अदालतमा मुद्दा परेकाले अहिले हुनुहुन्न। अहिले महेन्द्र राय यादव हुनुहुन्छ। हामी चार पार्टी नै रहेका छौँ। यो प्रचण्डको लागि भन्ने जो पर्न गएको छ, त्यो गलत पर्न गएको छ। समाजवादी मोर्चा २५ गतेको कार्यक्रमपछि मात्रै बैठक बसेर कार्यक्रम घोषणा गरेका होइन।’

    अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुले एक पटक जनतासँग आफ्नो आत्समीक्षा गर्न आवश्यक रहेको बताए। सोही उद्देश्य लिएर आफूहरु जनतासँग जोडिएको उनको जिकिर छ। उनले विगतमा भएका त्रुटीहरु सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए। समाजवादी मोर्चाको कार्यक्र राजावादीहरुको प्रदर्शको जवाफ र कम्पनको कुरा नभएको बताए।

    उनले भने,‘हामीले के महशुस पक्कै गरेको हो भने हामी संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुले एक पटक जनतासँग आफ्नो आत्समीक्षा पनि जनतालाई राख्नुपर्ने भयो। केके त्रुटी विगतमा भए भन्नुपर्ने हुन्छ, अघि कसरी जाने भन्नेकुरा जनतालाई भन्नका लागि राखिएको कार्यक्रम हो। यो कुनै रियाक्शन पनि होइन। सानो कम्पन र ठूला कम्पनको कुरा पनि होइन।’

    अध्यक्ष दाहालले सरकारमा भएका वा नभएका पनि गणतन्त्रका पक्षधहरुसँग कुरा भइरहेको तर सरकारले विपक्षी दलहरूलाई अघि बढ्न  साथ दिने कुरा नगरेको बताए।

    प्रकाशित मिति :चैत्र २ २०८१ शनिवार - २०:०८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij