Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

डढेलो नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण

डढेलो नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण


  • 1.7K
    Shares

    • images
    डढेलो नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण

    काठमाडौं । डढेलो लाग्नसक्ने जोखिमलाई मध्यनजर गर्दै त्यसको पूर्वतयारीस्वरुप नेपाली सेना र प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय उदयपुर गाईघाटले पशुपति गण नेपाली सेना, ५ नम्बर सशस्त्र प्रहरी गण र जिल्ला प्रहरीलाई डढेलो नियन्त्रणमा प्रयोग हुने उपकरण हस्तान्तरण गरिएको कार्यालयका प्रमुख सञ्जीवराज ढकालले बताए ।

    उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले फायर र्‍याक, जम्प सुट, फायर साबेल, ब्याकवाटर पम्पलगायतका सामग्री हस्तान्तरण गरिएको बताए। जिल्लामा प्रत्येक वर्ष वनक्षेत्रमा आगलागी हुने गरेको छ ।

    जिल्लामा तीन सय ३७ भन्दाबढी सामुदायिक वन र बेलका नगरपालिकाको बेलकातरीमा राष्ट्रिय वन क्षेत्र छ । औसतमा प्रत्येक वर्ष ४० हेक्टरदेखि एक सय ६० हेक्टरसम्म वनमा डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १ २०८१ शुक्रवार - १६:०२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij