Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

प्रतिनिधि सभा बैठक

प्रचण्डले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री ओली आज पनि अनुपस्थित हुने

प्रचण्डले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री ओली आज पनि अनुपस्थित हुने


  • 1.8K
    Shares

    प्रचण्डले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री ओली आज पनि अनुपस्थित हुने

    काठमाडौं । मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन् ।

    दिउँसो १ बजे बस्ने बैठकमा प्रचण्डले सम्बोधन गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ । हिजो सोमबार सभामुखसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूबिच भएको छलफलमा प्रचण्डले आजको बैठकमा सम्बोधन गर्ने सहमति भएको थियो । 

    तर पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संसदमा आज सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित हुने भएका छन् । ओली आजै कोशी प्रदेश सभामा सम्बोधन गर्न विराटनगर जाने भएपछि अनुपस्थित हुने भएका हुन् ।

    ‘प्रधानमन्त्रीज्यूको कोशी प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम एक हप्ता पहिला नै तय भएको हो । विपक्षी दलको नेताले प्रतिनिधि सभामा बोल्ने हिजोमात्र तय भयो । त्यसकारण आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री उपस्थित हुन सक्नुभएन’ प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले भने ।

    यसअघि गत माघ २४ गते प्रचण्डले संसदमा सम्बोधन गरेका थिए । उक्त दिनपनि प्रम ओली संसदमा अनुपस्थित रहेपछि प्रचण्डले गुनासो गरेका थिए । 

    सामान्यतया प्रधानमन्त्रीले संसदमा बोल्दा प्रमुख प्रतिपक्ष दलको नेता र प्रमुख प्रतिपक्ष दलको नेता बोल्दा प्रधानमन्त्री संसदमा उपस्थित हुने र कुरा सुन्ने प्रचलन छ । 

     

    images
    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १२:१५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij