Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

यमनमा डुङ्गा पल्टिँदा ३८ जना आप्रवासीको मृत्यु

यमनमा डुङ्गा पल्टिँदा ३८ जना आप्रवासीको मृत्यु


  • 2.3K
    Shares

    यमनमा डुङ्गा पल्टिँदा ३८ जना आप्रवासीको मृत्यु
    images

    यमन । यमनको तट नजिक डुङ्गा पल्टिँदा कम्तीमा ३८ जना आप्रवासीको मृत्यु भएको छ । मृतकहरू सबै जना अफ्रिकाको सोमाली पेनिन्सुला (हर्न अफ अफ्रिका)का नागरिकहरू भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    डुङ्गामा करिब २५० जना सवार थिए । शक्तिशाली हुरीका कारण डुङ्गा डुबेको डुङ्गाबाट उद्धार गरिएका यात्रीहरूले बताएका छन् ।त्यस घटनामा अझै पनि सय जना जति बेपत्ता रहेको र उनीहरूको खोजीकार्य जारी रहेको बताइएको छ । डुङ्गामा सवार सबै आप्रवासी रहेको र अधिकांश इजिप्टबाट आएका थिए ।

    खाडीका देशहरूमा जान यिनीहरू यमनलाई ट्रान्जिटको रूपमा प्रयोग गर्थे । हुरीका कारण डुङ्गा किनारमा पुग्नु अगावे डुबेको अदानको पूर्वमा रहेको रुदुम जिल्लाका निर्देशक हादी अल–खुर्माले भनेका छन् । मछुवारा र स्थानीय बासिन्दाहरूले करिब ७८ जनालाई उद्धार गरेका थिए ।

    आफूसँगै डुङ्गामा सवार करिब सय जना नभेटिएको उद्धार गरिएका व्यक्तिहरूले बताएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको र यस घटनाबारे संयुक्त राष्ट्र संघलाई पनि सूचित गरिएको खल–खुर्माले भने ।

    गएको वर्ष हर्न अफ अफिकाबाट करिब ९७ हजार आप्रवासी यमन आइपुगेको युएनले बताएको छ । यमनमा युद्ध र लाल सागरमा हुथी विद्रोहीहरूको आक्रमण जारी रहेको भएपनि यमन भएर खाडी जाने आप्रवासीको सङ्ख्या बढेको छ ।

    प्रकाशित मिति :जेठ २९ २०८१ मंगलवार - १०:३३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij