२०८२ फाल्गुण २२ गते शुक्रवार
पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको बताएका छन्।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाइएको छ। बीबीसीका अनुसार विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो।
उक्त विमानमा उपराष्ट्रपतिबाहेक अन्य नौ जना सवार थिए। रिपोर्टहरुका अनुसार विमान आफ्नो गन्तव्य म्जुजुमा अवतरण गर्न असफल भयो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij