Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

श्रीलङ्कामा वर्षा जारी, बाढी र डुबानको जोखिम उच्च, हेनुस् तस्बिरहरू 

श्रीलङ्कामा वर्षा जारी, बाढी र डुबानको जोखिम उच्च, हेनुस् तस्बिरहरू 


  • 2.1K
    Shares

    श्रीलङ्कामा वर्षा जारी, बाढी र डुबानको जोखिम उच्च, हेनुस् तस्बिरहरू 
    images

    टापु राष्ट्र श्रीलङ्कामा मनसुनी आँधीबेहरीसहित आएको बाढी, पहिरो र रूखहरू ढलेका कारण कम्तीमा १४ जनाको मृत्यु भएको मुलुकको प्रकोप व्यवास्थपन केन्द्र (डिएमसी) ले आइतबार बताएको छ ।

    आइतबार राजधानी कोलम्बो नजिकै एकै परिवारका तीन सदस्यसहित केहीको डुबेर मृत्यु भएको छ । डिएमसीले ११ वर्षीया बालिका र २० वर्षीय पुरुषसहित अन्य पहिरोमा पुरिएको बताएको छ । मे २१ मा मनसुन तीव्र भएदेखि सात जिल्लामा रुख ढलेर अन्य नौ जनाको ज्यान गएको डिएमसीले जनाएको छ ।

    श्रीलङ्का सिँचाइ र जलविद्युत्का लागि मौसमी मनसुन वर्षामा निर्भर छ । विज्ञहरूले जलवायु परिवर्तनका कारण विश्व तातो भएकाले मुलुकले बारम्बार बाढीको सामना गर्नुपरेको चेतावनी दिएका छन् ।

    डिएमसीले देशका २५ मध्ये २० जिल्ला भारी वर्षाले प्रभावित भएको र मुख्य नदी किनारमा बस्ने मानिसहरूलाई उच्च जमिनमा जान चेतावनी दिइएको बताएको छ ।

    कोलम्बोको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उडानहरूलाई सानो विमानस्लमा मोडिएको छ र केही प्रमुख राजमार्गहरू धेरै निकासहरूमा बाढी आएको छ ।

    थप वर्षाको सम्भावना रहेकाले सरकारले साताको बिदापछि सोमबार पनि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । “तीव्र हावा र मेघ गर्जनसहित अझै भारी वर्षा हुन सक्छ”, डिएमसीले भनेको छ 

    गत साता वन्यजन्तु अधिकारीहरूले सातवटा जवान हात्तीको शव फेला पारेका थिए । पछिल्लो पाँच वर्षमा यो जनावरहरूको सबैभन्दा ठूलो क्षति थियो । 

    दक्षिणपश्चिम मनसुनको शुरुआतले कोलम्बोको लगभग दुई सय ५० किलोमिटर उत्तरपूर्वी डिम्बुलागालामा हात्तीको बासस्थानमा बाढी आएको थियो । 

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - ०७:४३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij