२०८२ फाल्गुण २२ गते शुक्रवार
काठमाडौं । सर्लाही ४ को दोस्रो अपेडटमा कांग्रेस सभापति गगन थापामाथि रास्वपाका अमरेश कुमार सिंहले अग्रता कायम राखेका छन् ।
दिउसो साढे दुई बजेसम्मको मतगणनाअनुसार रास्वपाको घन्टी चिन्हमा १२ सय ३९ र कांग्रेसको रुख चिन्हमा ७६८ मत खसेको छ ।
अमरेश र गगनबाहेक अन्यलाई यो क्षेत्रमा न्यून मत आएको छ । जनमतको चुनावचिन्ह हर्नमा २५० मत र एमालेलाई १९९ मत प्राप्त भएको छ । नेकपा उम्मेदवारले जम्मा १८ मत ल्याएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij