२०८२ फाल्गुण २२ गते शुक्रवार
काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल निकै पछि परेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले फराकिलो मतान्तर कायम गरेका छन् ।
हालसम्म ३ हजार ९१५ मतगणना हुँदा रास्वपाका आचार्यले २ हजार ४२९ मत प्राप्त गरेका छन् । एमाले महासचिव पोखरेलले ५८३ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका किरण किशोर घिमिरेले ३८७ मत मात्रै प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले २१३ मत पाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij