Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

इस्तानबुलको नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु

इस्तानबुलको नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु


  • 2.2K
    Shares

    इस्तानबुलको नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु
    images

    इस्तानबुल । टर्कीको इस्तानबुलस्थित एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ । यो क्लब इस्तानबुलको एक भवनको बेसमेन्टमा थियो ।

    मर्मत कार्यका कारण यो क्लब बन्द थियो । आगलागीको कारण अहिलेसम्म पत्ता नलागेको सञ्चारमाध्यमसँग कुरा गर्ने क्रममा इस्तानबुलका गभर्नर दावुत गुलले बताए ।

    आगलागीका कारण ज्यान गुमाउनेहरू त्यहाँ काम गर्ने मानिसहरु भएको बताइएको छ । तर ती कर्मचारीहरु क्लबका थिए वा ठेकेदारले खटाएका मान्छे थिए भन्ने पनि खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र २० २०८० मंगलवार - २०:४४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij