Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

मिसाइल आक्रमणमा परी यूएईमा ज्यान गुमाएका दिवशको शव नेपाल ल्याइँदै

मिसाइल आक्रमणमा परी यूएईमा ज्यान गुमाएका दिवशको शव नेपाल ल्याइँदै


  • 736
    Shares

    मिसाइल आक्रमणमा परी यूएईमा ज्यान गुमाएका दिवशको शव नेपाल ल्याइँदै

    काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्ध तनावका बीच मिसाइल तथा ड्रोन आक्रमणको घटनामा परेर संयुक्त अरब इमिरेट्स (यूएई)मा ज्यान गुमाएका दिवश श्रेष्ठको शव आज नेपाल पठाइएको छ।

    अबुधाबीस्थित नेपाली दूतावासका अनुसार गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका–७, बोर्लाङ थान्तीका २९ वर्षीय श्रेष्ठको केही दिनअघि भएको आक्रमणको क्रममा मृत्यु भएको थियो। उनी यूएईमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए।

    दूतावास अधिकारीहरूका अनुसार आवश्यक कानुनी प्रक्रिया, पोस्टमार्टम तथा कागजी काम पूरा भएपछि मृतक श्रेष्ठको शव आज एयर अरेबियाको उडान मार्फत  काठमाडौं पठाइएको हो। शव नेपाल पुगेपछि परिवारलाई जिम्मा लगाइने बताइएको छ।

    हाल मध्यपूर्व क्षेत्रमा बढेको युद्ध तनावका कारण यूएईमाथि विभिन्न समयमा मिसाइल र ड्रोन आक्रमण भएका छन्। यूएईको वायु रक्षा प्रणालीले धेरैजसो आक्रमणलाई रोके पनि अवरोध गरिएको मिसाइल वा ड्रोनका टुक्रा खस्दा केही स्थानमा मानवीय तथा भौतिक क्षति भएको छ।

    यसै क्रममा भएको एक घटनामा दिवशको मृत्यु भएको हो। घटनापछि यूएईस्थित नेपाली समुदाय र उनका परिवारजन शोकमा छन्।

    नेपाली दूतावासले मृतकको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने र क्षतिपूर्तिसम्बन्धी प्रक्रिया अघि बढाइने जनाएको छ। साथै यूएईमा रहेका नेपालीलाई आधिकारिक सूचनामात्रै विश्वास गर्न र सुरक्षा सतर्कता अपनाउन पनि दूतावासले आग्रह गरेको छ।

    मध्यपूर्वमा जारी द्वन्द्वका कारण खाडी क्षेत्रमा काम गरिरहेका लाखौँ नेपाली कामदारको सुरक्षालाई लिएर चिन्ता बढिरहेको छ।

    प्रकाशित मिति :फाल्गुण २३ २०८२ शनिवार - १२:११:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij