२०८२ फाल्गुण २३ गते शनिवार
काठमाडौं । २०७९ मा स्थापन भएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले काठमाडौं उपत्यकामा क्लिन स्वीप गरेको छ । काठमाडौंका १० र भक्तपुरका दुईवटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् ।
ललितपुरको तीनमध्ये १ बाट बुद्धरत्न महर्जन ९ हजार ८ सय ५३ मतले विजयी भएका छन् । २ मा रास्वपाकै जगदीश खरेल भारी मतान्तरसहित जितको बाटोमा छन् । ३ मा तोशिमा कार्की २५ हजार बढीको मतान्तरले अगाडि छन् ।
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदावर भारी मतान्तरले विजयी भएका छन् । १ बाट रञ्जु दर्शना, २ बाट सुनिल केसी, ३ बाट राजुनाथ पाण्डे, ४ बाट पुकार बम, ५ बाट सस्मित पोखरेल, ६ बाट शिखिर खनाल, ७ बाट गणेश पराजुली, ८ बाट विराजभक्त श्रेष्ठ, ९ बाट डोलप्रसाद अर्याल र १० बाट प्रदीप विष्ट विजयी भारी मतान्तरले विजयी भएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij