Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

भारतमा अप्रिलदेखि गहुँको भण्डारको स्थिति अनिवार्य घोषणा गर्न सरकारद्वारा निर्देशन

भारतमा अप्रिलदेखि गहुँको भण्डारको स्थिति अनिवार्य घोषणा गर्न सरकारद्वारा निर्देशन


  • 2.3K
    Shares

    भारतमा अप्रिलदेखि गहुँको भण्डारको स्थिति अनिवार्य घोषणा गर्न सरकारद्वारा निर्देशन
    images

    भारत सरकारले अप्रिलदेखि गहुँको भण्डारण स्थिति अनिवार्य घोषणा गर्न आदेश दिएको अधिकारीहरूले शनिबार बताएका छन् । अधिकारीहरूका अनुसार गहुँको भण्डारण स्थिति साप्ताहिक आधारमा घोषणा गर्नु पर्नेछ ।

    सरकारले यस मुलुकका थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालका  बिक्रेताहरू र व्यावसायीलाई अप्रिल १ देखि प्रत्येक शुक्रबार गहुँको भण्डारण स्थिति घोषणा गर्न आग्रह गरेको हो । 

    घोषणा गर्नुको मुख्य उद्देश्य समग्र खाद्य सुरक्षा व्यवस्थापन गरी भण्डारण अनैतिकता रोक्ने रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । भारत सरकारले चामलका लागि पहिले नै यस्तो आदेश जारी गरिसकेको छ ।

    घोषणाअनुसार दर्ता नभएका संस्थाले अनिवार्यरूपमा दर्ता भई हरेक शुक्रबार गहुँ र चामलको भण्डारण खुलासा गर्न सुरु गर्नु पर्नेछ । 

    आगामी दिनमा सबै कानूनीरूपमा दर्ता भएका संस्थाहरूले गहुँ र चामलको भण्डारण नियमितरूपमा घोषणा गर्नुपर्ने मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निर्देशन दिएको छ ।

    सरकारको खाद्य तथा सार्वजनिक वितरण विभागले गहुँ र चामलको मूल्य नियन्त्रण गरी देशमा सहज उपलब्धता सुनिश्चित गर्न गहुँ र चामलको भण्डारण स्थितिमा निगरानी गरेको जनाएको छ । 

    प्रकाशित मिति :चैत्र १८ २०८० आइतवार - ०६:५८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij