२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौँ । भारतीय अभिनेत्री तापसी पन्नुले बिहे गरेको खबर बाहिरिएको छ । उनले लामो समयदेखिको प्रेमी तथा ब्याडमिन्टन खेलाडी म्याथियास बोसँग विवाह गरेको बताइएको छ ।
अभिनेत्री र पूर्व ओलम्पिक पदक विजेता खबरका अनुसार मार्च २३ मा विवाह बन्धनमा बाँधिएका हुन् । वैवाहिक समारोहमा दुबैका परिवार र नजिकका साथीहरू मात्रै उपस्थित थिए ।
विवाहका उत्सवहरू मार्च २० देखि सुरु भएको बताइएको छ । तापसी र म्याथियसले आफ्नो विशेष दिन नजिकका व्यक्तिहरूसँग बिताउन चाहन्थे, त्यसैले उनीहरूले गोप्य तरिकाले बिहे गरेको खबर
छ ।
विवाहमा अनुराग कश्यप र कनिका ढिलोनलगायत केही सेलिब्रेटीहरू थिए । बिहेमा मिडियाको ध्यान नपरोस् भन्ने चाहना दुवैको भएकोले यसको घोषणा सार्वजनिक रूपमा नगरेको बताइएको छ ।
‘थप्पड’का सह–अभिनेता पावेल गुलाटीले विवाहको एक तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका थिए । उक्त तस्बिरमा अभिनेता अभिलाष थापियाल पनि उपस्थित थिए। रिपोर्टका अनुसार तापसीले छिट्टै साथी र सहकर्मीहरूका लागि मुम्बईमा पार्टी दिँदै छिन् ।
‘ट्विंकल ट्विंकल लिटिल स्टार, हामी कहाँ छौँ थाहा छैन ।’ भन्दै गुलाटीले फोटो शेयर गरेका थिए । तापसी पन्नु र मथियास बो एक दशकभन्दा बढी समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए ।
उनीहरूले आफ्नो सम्बन्धको बारेमा सार्वजनिक रूपमा केही नबोलेपनि उनीहरु धेरै पटक सँगै देखिएका छन् । केही साताअघि उनीहरूले सिख–क्रिश्चियन फ्युजन विवाह गर्ने खबर आएको थियो । प्रि–वेडिंग उत्सव मार्च २० मा सुरु भयो र विवाह २३ मार्चमा भयो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij