२०८२ फाल्गुण २३ गते शनिवार
प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सी नीति मुद्दामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ।
ईडीको टोली बिहीबार साँझ ७ बजे १०औं समन र सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो। दुई घन्टा सोधपुछपछि अनुसन्धान एजेन्सीले राति ९ बजे उनलाई नियन्त्रणमा लिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।
यसैबीच दिल्लीका मन्त्री आतिशीले केजरीवाल दिल्लीको मुख्यमन्त्री रहने बताएका छन्। यसैबीच दिल्लीका मन्त्री आतिशीले केजरीवाल दिल्लीको मुख्यमन्त्री रहिरहने दाबी गरेका छन्। जेलबाटै सरकार चलाउने उनको भनाइ छ।
केजरीवालको कानुनी टोलीले सर्वोच्च अदालतमा अपिल पनि गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij