Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

छोरीको मृत्युपछि माइतीपक्षले घरमै लगाइदियो आगो, जलेर सासूससुराको मृत्यु

छोरीको मृत्युपछि माइतीपक्षले घरमै लगाइदियो आगो, जलेर सासूससुराको मृत्यु


  • 13.1K
    Shares

    छोरीको मृत्युपछि माइतीपक्षले घरमै लगाइदियो आगो, जलेर सासूससुराको मृत्यु
    images

    काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा नवविवाहित महिलाको मृत्युपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

    सोमबार प्रयागराजको मुट्ठीगञ्ज क्षेत्रमा नवविवाहित आंशिका केसरवानीको शव घरमै झुण्डिएको अवस्थामा फेला परेको थियो । धुमनगञ्जको झलवा निवासी आंशिकाको विवाह मुट्ठीगञ्जका व्यापारी अंशुसँग भएको थियो ।

    आंशिकाको मृत्युको खबर सुनेपछि उनको घरमा पुगेका माइती पक्षले घरमै आगो लगाइदिएको हो । आगजनीमा आंशिकाका सासूससुराको मृत्यु भएको छ ।

    दाइजोको निहुँमा आंशिकालाई यातना दिइएको माइती पक्षको आरोप छ । आगजनी गर्नुअघि दुई पक्षबिच विवाद र झडपसमेत भएको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

    प्रयागराजका डीसीपी दीपक भूकरका अनुसार प्रहरीलाई सोमबार राति ११ बजे आंशिकाले आत्महत्या गरेको सूचना आएको थियो । प्रहरी घटनास्थलमा पुग्दा दुई पक्षबिच विवाद भइरहेको बताइन्छ । तर यस बिचमै माइती पक्षले घरको ढोका बाहिरबाट बन्द गरेर आगो लगाइदिएको थियो ।

    आगो नियन्त्रणमा लिइसकेपछि भित्र हेर्दा दुई जनाको शव फेला परेको प्रहरीको भनाइ छ । मृतकहरु आंशिकाकै सासूससुरा रहेको प्रहरीले जनाएको छ । 

    दुवैको शव परीक्षणका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रकाशित मिति :चैत्र ६ २०८० मंगलवार - १२:२३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij