२०८२ भाद्र २७ गते शुक्रवार
मंगलबार बिहान हङकङको युनलङ ग्यारेजमा आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन्। बिहान ९ बजेको आसपास युनलङको तिनहा रोडमा रहेको ग्यारेजमा आगलागी भएको हो।
ग्यारेजमा आगो दन्कन थालेपछि नजिकै रहेका कर्मचारीले आगोले जलेका तीन जनाको उद्धार गरी प्रहरीलाई खबर गरेका थिए। ९ बजे लागेको आगो अग्निनियन्त्रकको टोलीले झन्डै साढे १० बजे मात्र नियन्त्रणमा लिएको थियो।
आगोमा जलेर गम्भीर तीनै जनालाई चुनमुन अस्पताल लगिएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। आगलागी भएको स्थान खुला आकाशमुनि रहेको र त्यहाँ पुराना गाडी तथा पार्टपुर्जा रहेको बुझिएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij