Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

जन्मदर बढाउन नवविवाहितलाई ७ लाख युआनको लटरीको टिकट

जन्मदर बढाउन नवविवाहितलाई ७ लाख युआनको लटरीको टिकट


  • 2.1K
    Shares

    जन्मदर बढाउन नवविवाहितलाई ७ लाख युआनको लटरीको टिकट
    images

    बेइजिङ । यतिबेला चिनियाँ अधिकारीहरूको सबैभन्दा टाउँको दुखाईको विषय जन्मदर कसरी बढाउने भन्ने छ । जन्मदर उकास्न अधिकारीहरुले अनेकौं उपायहरू अपनाइरहेका छन् । सन् २०२३ मा चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घटेको थियो । 

    सन् २०१६ को तुलनामा नयाँ जन्म घटेर सो अवधिमा करीब आधामा आएको थियो । सन् २०२२ मा विवाह कीर्तिमानी न्यून स्तरमा ओर्लिएको थियो । चीनमा अविवाहित महिलाहरुलाई शिशु स्याहार भत्ता दिइदैंन ।

    यस्तोमा विवाहका लागि प्रेरित गर्न सियान नगरले मार्च १ देखि विवाहको प्रमाण पत्र बुझाउने जुनसुकै जोडीलाई दोहोरो ‘सरप्राइज’को रुपमा एउटा लटरी टिकट दिने भएको छ । यसमा हरेक जोडीले ७ लाख युआन पाउनेछन् । यो अभियान नोभेम्बर ३० सम्म रहनेछ । बच्चा हुर्काउन विश्वको सबैभन्दा महँगो देशमध्येमा पर्दछ चीन । त्यहाँ लैंगिक विभेद कायमै छ ।

    सन्तान हुर्काउन लाग्ने उच्च लागत, विवाह गर्ने अनिच्छा र करियर नै बिट मार्ने बस्नु पर्ने स्थितिका कारण सन्तानोत्पादनप्रति महिलाको रुची घटेको छ ।

    प्रकाशित मिति :फाल्गुण १६ २०८० बुधवार - १२:५८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij