२०८२ भाद्र २७ गते शुक्रवार
वासिङ्टन । अमेरिकाको वासिङ्टन डिसी स्थित इजरायली दूतावास अगाडि एक व्यक्तिले आत्मदाह गरेका छन् । अमेरिकी सुरक्षा अधिकारीहरूको अनुसार यो घटना आइतबार स्थानीय समय अनुसार दिउँसो एक बजे भएको हो ।
सुरक्षा अधिकारीहरूले आगो निभाउँदै ती व्यक्तिलाई अस्पताल पुर्याएका थिए । सहरको फायर डिपार्टमेन्टले उनको अवस्था नाजुक रहेको बताएको छ ।
घटनाबारे वासिङ्टनको प्रहरीका साथै गुप्तचर विभागले अनुसन्धान गरिरहेको छ । यता इजरायलको विदेश मन्त्रालयले आत्मदाह गर्ने व्यक्तिलाई दूतावासका कर्मचारीको पहिचानको नभएको विज्ञप्ति प्रकाशित गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij