Logo

२०८२ पौष ९ गते बुधवार

२०८२ पौष ९ गते बुधवार

अनुदान रकमसम्बन्धी विवरण पठाउन देशभरका स्थानीय तहहरुलाई अर्थ मन्त्रालयको निर्देशन

अनुदान रकमसम्बन्धी विवरण पठाउन देशभरका स्थानीय तहहरुलाई अर्थ मन्त्रालयको निर्देशन


  • 1.9K
    Shares

    अनुदान रकमसम्बन्धी विवरण पठाउन देशभरका स्थानीय तहहरुलाई अर्थ मन्त्रालयको निर्देशन
    images

    काठमाडौं । अर्थ मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई अनुदान रकम सम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

    चालु आर्थिक वर्ष ०७९/८० मा स्थानीय तहबाट वितरण हुने वा भइसकेका अनुदान रकमको विवरण अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखामा पठाउन भनिएको छ ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सबै तहका सरकारले दिने अनुदानको विवरण तयार पार्न अर्थ मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भनेको थियो । सोही माग गरेबमोजिम सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई १० दिनभित्र अनुदान रकमसम्बन्धी विवरण पठाउन परिपत्र गरेको जनाएको छ ।

    परिपत्र अनुसार स्थानीय तहहरुले अनुदान दिने निकाय, अनुदान रकम, अधिकतम र न्यूनतम अनुदान, अनुदान पाउने संस्था, अनुदानको प्रभावकारिता लगायतका विषयवस्तु समेटेर विवरण पठाउनु पर्नेछ ।

    प्रकाशित मिति :माघ २४ २०७९ मंगलवार - १६:१४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij