Logo

२०८२ पौष ९ गते बुधवार

२०८२ पौष ९ गते बुधवार

सुन र चाँदीको भाउमा दिनदिनै नयाँ रेकर्ड

सुन र चाँदीको भाउमा दिनदिनै नयाँ रेकर्ड


  • 1.0K
    Shares

    सुन र चाँदीको भाउमा दिनदिनै नयाँ रेकर्ड
    images

    काठमाडौं । सुन र चाँदीको भाउले केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ ।

    अघिल्लो दिन ५ हजार ५ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँ बढेको छ । प्रतिशतका आधारमा सुनभन्दा चाँदीको मूल्य वृद्धिदर उच्च देखिएको छ । चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :पौष ९ २०८२ बुधवार - १०:५८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij