Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

४४ अर्ब बराबरको सवारी साधन र स्पेयर पार्टस् आयात

४४ अर्ब बराबरको सवारी साधन र स्पेयर पार्टस् आयात


  • 519
    Shares

    ४४ अर्ब बराबरको सवारी साधन र स्पेयर पार्टस् आयात
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पाँच महिनाको अवधिमा नेपालमा सवारी साधन र स्पेयर पार्टस् आयातमा वृद्धि भएको छ ।

    भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो पाँच महिनामा ४४ अर्ब ८१ करोड रुपैयाँ बराबरको सवारी साधन र त्यसका पार्टपूर्जा आयात भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा सवारी साधन आयातमा वृद्धि देखिएको छ । 

    तर, अघिल्लो महिनाको तुलनामा विद्युतीय सवारी साधन आयात घटेको छ । पाँच महिनामा १२ अर्ब ३४ करोड रुपैयाँ बराबरका २३ हजार २६ युनिट विद्युतीय सवारीसाधन आयात भएका छन् । यसबाट सरकारले ६ अर्ब ६१ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ ।

    गत वर्ष सोही अवधिमा १५ अर्ब रुपैयाँ बराबरका १८ हजार ४६१ युनिट विद्युतीय सवारीसाधन आयात गरिएको थियो ।

    त्यस्तै, २९ अर्ब २६ करोड रुपैयाँ बराबरका १ लाख ३८ हजार २३० युनिट इन्धन सवारीसाधन आयात भएका छन् । यसबाट सरकारले ३१ अर्ब ३३ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको विभागले जनाएको छ ।

    गत आवको पाँच महिनामा २० अर्ब २८ करोड रुपैयाँ बराबरका १ लाख १० हजार ४९ युनिट इन्धन सवारीसाधन आयात भएका थिए ।

    प्रकाशित मिति :पौष ८ २०८२ मंगलवार - १५:११:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij