Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

पाकिस्तानमा रेल दुर्घटना : १९ को मृत्यु, एक हजार भन्दा बढि घाइते

पाकिस्तानमा रेल दुर्घटना : १९ को मृत्यु, एक हजार भन्दा बढि घाइते


  • 1.9K
    Shares

    पाकिस्तानमा रेल दुर्घटना  : १९ को मृत्यु, एक हजार भन्दा बढि घाइते
    images

    पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ ।

    यहाँ केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति पुगेको छ । यसबाट रेलका लिगहरु पनि बिग्रिएका छन् । यसबाट हुन गएको रेलको दुर्घटनामा परी गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ ।

     

    यहाँको विपद् व्यवस्थापन प्राधिकरणले सो कुराको जानकारी दिएको छ । उक्त प्राधिकरणले यहाँको रेल सेवा पनि मौसमी वर्षाका कारण प्रभावित हुन पुगेको बताएको छ ।

    बिहीबार राति सो प्राधिकरणले सार्वजनिक गरेको एक रिपोर्टमा गएको २४ घन्टामा १९ जनाको ज्यान गएको र त्यस दुर्घटनामा नौ जना बालबालिका र अरु सात महिला पनि परेका जानकारी गराइएको छ ।

    भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ । यहाँका एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्यान गएको छ भने अरु हजारौँ जना घाइते भएका छन् ।

    बाटो, विजुलीलगायतका भौतिक पूर्वाधारमा पनि यहाँको बाढी र पहिरोले क्षति पुर्याएको बताइएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित हुन पुगेको छ । हिजोमात्र सिन्ध प्रान्तमा १२ जनाको ज्यान गएको छ भने अरु कैयौँ घाइते भएका छन् ।

    प्रकाशित मिति :भाद्र १७ २०७९ शुक्रवार - १२:१०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij