Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

‘बिग बोस १६’ मा सलमानको पारिश्रमिक एक हजार करोड

‘बिग बोस १६’ मा सलमानको पारिश्रमिक एक हजार करोड


  • 2.1K
    Shares

    ‘बिग बोस १६’ मा सलमानको पारिश्रमिक एक हजार करोड
    images

    भारतीय टेलिभिजनको विवादास्पद रियालिटी शो ‘बिग बोस १६’ चाँडै नै नयाँ सिजनका साथ पुनरागमन गर्दै छ ।

    नयाँ सिजनका लागि शोका होस्ट सलमान खानले अघिल्लो १५ औँ संस्करणको भन्दा तीन गुणा बढी पारिश्रमिक लिँदै छन् । यद्यपि निर्माताले यो कुराको हालसम्म स्वतन्त्र पुष्टि गर्न सकेका छैनन् ।

    समाचारअनुसार यो सिजनका लागि सलमानले एक हजार करोड रुपैयाँ पारिश्रमिक लिँदै छन् । यदि यो खबर सत्य हो भने सलमानले लिने यो पारिश्रमिक यो वर्ष सर्वाधिक कमाई गरेको फिल्म ‘केजीएफः च्याप्टर २’ को बजेट भन्दा पनि १० गुना बढी हो ।

    यश स्टारर फिल्म ‘केजीएफः च्याप्टर २’ करिब एक सय करोडको बजेटमा निर्माण भएको हो । यसले बक्स अफिसमा करिब एक हजार करोड रुपैंयाँको कमाई गरेको थियो । यही हिसाबले सलमान वर्षको ब्लकबस्टर फिल्मको बजेटभन्दा १० गुना बढी पारिश्रमिक लिन लागेका हुन् ।

    ‘बिग बोस १६’ अक्टोबरको सुरुवातसम्ममा अन एयर हुनेछ । केही दिनअघि मात्र यस सिजनको सेटको फोटो सामाजिक सञ्जालमा लिक भएको थियो । 

    प्रकाशित मिति :भाद्र ३ २०७९ शुक्रवार - ११:४१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij