Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

कहिले रिलिज हुँदैछ प्रभासको नयाँ फिल्म 'बाहुबली' ?

कहिले रिलिज हुँदैछ प्रभासको नयाँ फिल्म 'बाहुबली' ?


  • 2.7K
    Shares

    कहिले रिलिज हुँदैछ प्रभासको नयाँ फिल्म 'बाहुबली' ?
    images

    भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर 'बाहुबली'का अभिनेता प्रभासको आगामी फिल्म 'सलार' को प्रदर्शन मिति तय गरिएको छ।

    सोमबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। यो फिल्म २०२३ सेप्टेम्बर २८ मा प्रदर्शन हुनेछ।सार्वजनिक पोस्टरमा प्रभासलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। 

    यो फिल्मलाई 'केजिएफ' र 'केजिएफ २' निर्देशन गरिसकेका प्रशान्त नीलले निर्देशन गरेका छन्। फिल्ममा विजय किरागन्दुरको लगानी रहेको छ।

    होमेबल फिल्म्सको ब्यानरमा बनेको फिल्मकाे छायांकन भारत, युरोप र अफ्रिकामा गरिएको छ। यो फिल्मको केही छायांकन बाँकी रहेको बताइएको छ। 'सलार' प्यान इन्डियाको फिल्म हो।

    भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो फिल्मको बजेट ४०० करोड भारु रहेको छ। फिल्मको भिएफएक्सको लागि महँगो बजेट लाग्ने बताइएको छ। 

    फिल्ममा प्रभाससँगै श्रुति हसन, जगपति बाबु, पृथ्वीराज सुकुमारन, ईश्वरी राव र श्रृया रेड्डीलगायत कलाकारको अभिनय छ। प्रभार र श्रुति पहिलो पटक एकसाथ फिल्ममा देखिँदैछन्। प्रभास 'सलार'सँगै फिल्म 'आदिपुरुष' र 'प्रोजेक्ट के'मा देखिनेछन्।

    प्रकाशित मिति :श्रावण ३० २०७९ सोमवार - १५:०३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij