Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

अजरबैजान र अर्मानियाबिच फेरि सुरु भयो लडाइँ, तीनजनाको मृत्यु

अजरबैजान र अर्मानियाबिच फेरि सुरु भयो लडाइँ, तीनजनाको मृत्यु


  • 2.3K
    Shares

    अजरबैजान र अर्मानियाबिच फेरि सुरु भयो लडाइँ, तीनजनाको मृत्यु
    images

    अजरबैजान र अर्मानियाबिच फेरि युद्ध सुरु भएको छ। लडाइँका क्रममा ३ जनाको मृत्यु भएको छ। नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर अजरबैजान र अर्मेनियाका आमनेसामने भएका हुन्।

    सन् २०२० मा पनि यही क्षेत्रलाई लिएर दुई देशबिच लडाइँ भएको थियो। ६ हप्ताको युद्धपछि २०२० को नोभेम्बर मा रसियाको पहलमा अजरबैजान, अर्मेनियाबिच विवादित क्षेत्रमा सैन्य आक्रमण रोक्ने सहमति भएको थियो।

    दुवै देशले नागोरनो काराबख क्षेत्र आफ्नो भएको दाबी गर्दै आक्रमण गरिरहेका थिए। दुई देशबीचको लडाईका कारण गत वर्ष सयौं मानिसको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए।

    विवादित क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा अजरबैजानको भूमि भनेर चिनिन्छ। तर सो भूमि आदिवासी अर्मेनियनहरुको नियन्त्रणमा रहेको छ। सो क्षेत्रलाई लिएर करिब तीन दशकदेखि दुवै देशबिच विवाद हुँदै आएको थियो।

    सन् २०२० मा दुवै देशबिच आक्रमण रोक्ने सहमति भएपनि फेरि दुवै देशका सेनाबिच भिडन्त हुँदै आएको थियो। त्यसपछि रसियाको पहलमा दुवै देशबीच शान्ति सम्झौता गरिएको थियो।

    सहमतिमा सन् १९९० मा भएको युद्धमा अजरबैजानले प्राप्त गरेको नागोरनो काराबख क्षेत्र उसकै अधिनमा रहने उल्लेख गरिएको छ। यस्तै अर्मेनियाले त्यस क्षेत्रमा रहेको आफ्नो उपस्थिति चाँडै नै हटाउने सहमति भएको थियो। दुवै देशबीच शान्ति सम्झौताको पालना भएनभएको हेर्न रसियाले पिसफोर्सलाई गस्तीमा खटाउने भनिएको थियो।

    शान्ति सम्झौतापछि अर्मेनियाका प्रधानमन्त्री निकोल पास्हिन्यानले आफू र आफ्नो देशको लागि यो सम्झौता निकै दु:खद् भएको प्रतिक्रिया दिएका छन्। अर्मेनियामा नयाँ शान्ति सम्झौताको विरोध भएको थियो।

    अजरबैजानले अहिले फेरि अर्मेनियाले नागोरनो काराबख क्षेत्रमा आक्रमण गरेको दाबी गरेको हो। उसले त्यहाँ गर्न खोजिएको आक्रमणलाई आफूहरुले रोकेको पनि बताएको छ। यता, अर्मेनियाले भने अजरबैजानको आक्रमण रोक्न सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेको छ।

    प्रकाशित मिति :श्रावण १९ २०७९ बिहिवार - १०:३९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij