२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    अफगानिस्तानमा शासन चलाइरहेको तालिबानी सेना र इरानी सीमा सुरक्षा बलबीच झडप भएको छ।
तालिबानले झडपको क्रममा आफ्नो एक सुरक्षाकर्मीको मृत्यु भएको बताएको छ। आइतबार भएको झडप अफगानिस्तानको निम्रोज प्रान्त र इरानको हिरामन्ड क्षेत्रको बीचमा पर्ने सीमा क्षेत्रमा भएको हो।
दुवै मुलुकले घटनाको लागि एकअर्कालाई आरोप लगाएका छन्। गत वर्ष तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि इरान र सीमाक्षेत्रमा धेरैपटक झडप भइसकेको छ।
आइतबार भएको झडपको स्पष्ट कारण भने खुल्न सकेको छैन। इरानले भने झडपको क्रममा आफ्नो तर्फ भने कुनै पनि क्षति नभएको बताएको छ। गत महिना इरानले सीमा क्षेत्रमा भएको झडपमा आफ्ना एक सुरक्षाकर्मीको मृत्यु भएको बताएको थियो।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij