Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

सुशान्त सिंह मृत्यु प्रकरण: रिया चक्रवर्ती र उनका भाइविरुद्ध अदालतमा मुद्दा दायर, कहिले हुनेछ सुनुवाइ ?

सुशान्त सिंह मृत्यु प्रकरण: रिया चक्रवर्ती र उनका भाइविरुद्ध अदालतमा मुद्दा दायर, कहिले हुनेछ सुनुवाइ ?


  • 2.9K
    Shares

    सुशान्त सिंह मृत्यु प्रकरण: रिया चक्रवर्ती र उनका भाइविरुद्ध अदालतमा मुद्दा दायर, कहिले हुनेछ सुनुवाइ ?
    images

    बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको करिब २ वर्षपछि नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले उनकी प्रेमिका रिया चक्रवर्ती, उनका भाइ शोभिक चक्रवर्तीविरुद्ध मुम्बईको विशेष अदालतमा मुद्दा दायर गरेको छ । यस विषयमा अदालतमा १२ जुलाईमा सुनुवाइ हुनेछ । तर, अदालतले रियामाथि अहिलेसम्म अभियोग लगाएको छैन ।

    पिटिआई रिपोर्टका अनुसार विशेष सरकारी वकिल अतुल सरपाण्डेले यस विषयमा आफ्नो तर्फबाट सबै अभियुक्तहरूले अदालतमा दायर गरिएको आरोपपत्रमा उल्लेख गरिएका आरोपलाई समर्थन गरेको बताए । यो मस्यौदा आरोपपत्र दायर गर्दै उनले रिया र उनका भाइ शोभिकविरुद्ध लागुऔषध दुर्व्यसन र मृत अभिनेता राजपुतका लागि त्यस्ता पदार्थको खरिद र भुक्तानी गरेको अभियोगमा मुद्दा दायर गर्न अदालतलाई आग्रह गरेका छन् ।
     
    विशेष सरकारी वकिल अतुलले अदालतले सबै अभियुक्तविरुद्ध मुद्दा दायर गर्न लागेको बताए । ‘अदालतले डिस्चार्ज निवेदनको फैसलापछि मात्रै अभियोग लगाउने बताएको छ,’ उनले भने ।

    प्रकाशित मिति :आषाढ ९ २०७९ बिहिवार - १४:०८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij