Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

अफगानिस्तान भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ९२० पुग्यो, ६ सयभन्दा बढी घाइते

अफगानिस्तान भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ९२० पुग्यो, ६ सयभन्दा बढी घाइते


  • 3.1K
    Shares

    अफगानिस्तान भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ९२० पुग्यो, ६ सयभन्दा बढी घाइते
    images

    अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या झन्डै एक हजार पुगेको छ।

    तालिबान सरकारको प्रकोप व्यवस्थापन अधिकारीहरुलाई उदृत गर्दै अल्जाजिराले दिएको जानकारी अनुसार हालसम्म मृत्यु हुनेको संख्या ९ सय २० पुग्दा घाइते हुनेको संख्या ६ सयभन्दा बढी पुगेको छ।

    भूकम्पबाट विशेषगरी पाक्तिका र कोस्त प्रान्त बढी प्रभावित भएको बताइएको छ। त्यहाँका दर्जनौं घरहरु भत्किएर ध्वस्त भएका छन्।

    अफगानिस्तानको विपद् व्यवस्थापन उपमन्त्री मलावी सराफुदिन मुस्लिमले भूकम्पपछिको घटनाक्रमबारे बुधबारको पत्रकार सम्मेलनमा भनेका छन्,‘हालसम्म ९२० जना भूकम्पमा परी सहिद भएका छन् ६ सयभन्दा बढी घाइते भएका छन्।

    मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ। अमेरिकी जियोलोजिकल सर्भेका अनुसार अफगानिस्तानमा आज कोस्ट क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो।

    यसअघि ६.१ म्याग्निच्युडको भूकम्प गएको भनिएको थियो। पाकिस्ताव वरपर पनि भूकम्पको धक्का महसुस गरिएको बताइएको छ।

    प्रकाशित मिति :आषाढ ८ २०७९ बुधवार - १५:४५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij