Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु


  • 4.6K
    Shares

    इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु
    images

    इटालीमा हेलिकाेप्टर दुर्घटना हुँदा सात जनाकाे मृत्यु भएकाे छ। शनिबार बिहान एयर ट्राफिकबाट हराएकाे हेलिकाेप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे थियाे।

    दुर्घटनमा परी एक जना इटालियन पाइलट, चार जना टर्कीका नागरिक र अरू दुई जना लेबनानका नागरिकका‍े मृत्यु भएकाे छ। मध्य इटालियन क्षेत्रमा पर्ने एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो भएर सो हेलिकोप्टर उडेको थियो।

    सोही पहाडको नजिक पुगेर हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हाे। बेपत्ता हेलिकाेप्टरकाे शनिबार दिनभरि खाेजी भएकाे थियाे। साँझ मात्र हेलिकाेप्टर फेला परेकाे उद्धारकर्मीले जनाएका छन्।

    प्रारम्भिक अनुसन्धानले मौसमको खराबीका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताएकाे छ। प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ।

    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - १६:०७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij