Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो, कसैलाई भ्रम नहोस् : डा.शशाङ्क कोइराला

देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो, कसैलाई भ्रम नहोस् : डा.शशाङ्क कोइराला

images

  • 393
    Shares

    देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो, कसैलाई भ्रम नहोस् :  डा.शशाङ्क कोइराला
    images

    काठमाडौं । नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा समूहका १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा।शशाङ्क कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको स्पष्ट पारेका छन् । आइतबार सुर्खेतमा कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै संयोजक डा।कोइरालाले आधिकारिकताका विषयमा कोही पनि भ्रममा नपर्न आग्रह गरेका हुन् । 

    पार्टीभित्र देखिएको विवादका सन्दर्भमा धेरै टिप्पणी गर्न जरुरी नरहेको बताएका डा। कोइरालाले मुलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैँलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको प्रस्ट पारे । कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका उनले भने– ‘शेरबहादुर देउवाको नेतृत्वमा रहेको  नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस हो । यो विषयमा कुनै साथीहरूलाई पनि भ्रम नहोस् । मुलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैँलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको छ ।’

    कांग्रेसमा जबरजस्त आफैँलाई सभापति घोषणा गर्नु संयोग मात्रै नभएको जिकिर गर्दै डा। कोइरालाले यी घटनामा अनेक प्रपञ्च थिए भन्ने पनि प्रस्ट रहेको बताए । ‘यो संयोग मात्र थिएन यसमा अनेक प्रपञ्चहरू थिए भन्ने प्रस्ट छ । विधि, विधान, पद्धति र स्थापित मूल्यमान्यता विपरीत गरिएका षड्यन्त्रहरू देशका लागि र पार्टीका लागि घातक हुन् । अहिलेलाई म यति मात्र भन्न चाहन्छु’ सम्बोधनका क्रममा डा।कोइरालाले भने ।   

    यही मङ्सिर २१ गतेदेखि हुन लागेको १५ औँ महाधिवेशनलाई नेपाली कांग्रेसको इतिहासको नयाँ आयामको रूपमा लिएको जनाउँदै उनले कर्णाली सहितका हरेका प्रदेशका नागरिकका समस्यालाई राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्ने पार्टीको भावी कार्य योजना र नीति रहेको बताए । 

    ‘देशलाई राजनीति निकास दिने सिद्धान्त र आदर्श हामीसँग छ । देशलाई समृद्धि बनाउन योजना र दृष्टिकोण पनि हामीसँग छ । कर्णालीलाई प्रकृतिले दिएको अथाह सम्भावनालाई सदुपयोग गर्ने क्षमता पनि कांग्रेससँगै छ’ कोइरालाको भनाइ छ । 

    कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलताको शुभकामना दिएका डा।कोइरालाले  यो प्रतियोगिताले पनि कर्णालीलाई खेलका माध्यमबाट थप धेरै सम्भावनाको ढोका खोलेको बताए । 

    कर्णालीको सङ्घर्ष र सम्भावनालाई नेपाली कांग्रेसले राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ भन्दै कोइरालाले त्यहाँका नागरिकको आवाजलाई राष्ट्रिय राजनीतिमा बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १७:४५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij