Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

कांग्रेसको आधिकारिक सभापति म नै हुँ: देउवा

कांग्रेसको आधिकारिक सभापति म नै हुँ: देउवा

images

  • 176
    Shares

    कांग्रेसको आधिकारिक सभापति म नै हुँ: देउवा
    images

    काठमाडौं । शेरबहादुर देउवाले नेपाली कांग्रेसको आधिकारिक सभापति आफू नै भएको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित देउवा कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशन पछाडि अर्को नयाँ साथी सभापति बन्नुहुन्छ,’उनले भने । साथै उनले नेपालको संविधान र कांग्रेसको विधान अनुसार आधिकारिकता आफूले नै प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् । उनले अगाडि भने, ‘न्यायालयप्रति मेरो पूर्ण विश्वास छ, हामीले नै पार्टीको आधिकारिकता पाउँछौँ । अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री नै ।’

    आफूले यो मुलुकबाट लिनु केही पनि नरहेकाले बाँचुन्जेल सकेको दिने उनले बताएका छन् ।  

     

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १६:३३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij