Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

हेटौँडा कपडा उद्योग

२६ वर्षपछि हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

२६ वर्षपछि हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

images

  • 176
    Shares

    २६ वर्षपछि हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
    images

    काठमाडौं । २६ वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने उद्देश्यले सरकारले परीक्षण उत्पादनलाई निरन्तरता दिएको छ।

    सरकारले गत साउनदेखि उद्योगका मेसिन मर्मतसम्भार गरी परीक्षण उत्पादन सुरु गरेको हो। उद्योगमा रहेका ४०८ वटा तान (लुम) मध्ये १५ वटा मर्मत गरेर नेपाली सेनाको प्राविधिक व्यवस्थापनमा उत्पादन भइरहेको छ।

    परीक्षण उत्पादनका क्रममा ती मेसिनमार्फत निजामती सेवाका महिला कर्मचारीका पोसाक तथा अस्पतालका बेडसिट तयार पारिएको छ। परीक्षण उत्पादनको उपलब्धि र प्राविधिक अवस्थाका आधारमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरिएको छ।

    चीन सरकारको सहयोगमा २०३२ सालमा स्थापना भएको हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द अवस्थामा छ। लामो समयदेखि बन्द रहेको उद्योग पुनः सञ्चालनमा आए स्वदेशी कपडा उत्पादन बढ्नुका साथै रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    उद्योगका पुराना मेसिन मर्मत गरी उत्पादन प्रक्रिया अघि बढाउनु सरकारको पुनः सञ्चालन प्रयासको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

     

     

     

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १६:५१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij