२०८३ मंसिर १३ गते आइतवार
काठमाडौं । झापाको बिर्तामोडबाट लागूऔषध खैरो हेरोइन र १३ लाख रुपैयाँभन्दा बढी नगदसहित एक महिला पक्राउ परेकी छन् ।
लागूऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा झापाको बिर्तामोड नगरपालिका–५ बाट ती महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१५ की ३६ वर्षीया पार्वती राजवंशी रहेकी छन् ।
प्रहरीले शनिबार १८।४८० ग्राम खैरो हेरोइन, लागूऔषध तौल गर्ने तराजु एक थान र नगद १३ लाख ३९ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij