Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

प्रचण्ड र माधव सुदूरपश्चिम जाँदै

प्रचण्ड र माधव सुदूरपश्चिम जाँदै

images

  • 351
    Shares

    प्रचण्ड र माधव सुदूरपश्चिम जाँदै
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल सोमबार सुदूरपश्चिम जाने भएका छन् । पार्टीले सुरु गरेको राष्ट्रिय जागरण अभियानको समीक्षा, पार्टीको आन्तरिक विवाद तथा सरकार सञ्चालनमा देखिएको समस्याबारे छलफल गर्न प्रचण्ड र नेपाल सुदूरपश्चिम जान लागेका हुन् ।

    पार्टीका प्रदेश इन्चार्ज भानुभक्त जोशीका अनुसार दुवै नेता भोलि बेलुका धनगढी पुग्नेछन् । प्रदेश सरकारले ल्याएको बजेटका कारण पार्टीभित्र असन्तुष्टि बढ्दै जाँदा त्यसको असर जागरण अभियानमा परेको थियो ।

    नेकपा एमालेको समर्थनमा सह इन्चार्ज खगराज भट्ट अहिले मुख्यमन्त्री छन् । पार्टी नेतृत्वमै सरकार भए पनि सन्तुलित बजेट नल्याएकोमा असन्तुष्टि बढ्दै गएको छ । संयोजक र सहसंयोजक सहित जिल्ला समिति र प्रदेश समितिको संयुक्त बैठक बस्ने तयारी भएको जोशीले बताए । 

    पार्टीभित्रको विवाद समाधान हुन नसकेपछि इन्चार्ज जोशी नेतृत्वलाई भेट्न काठमाडौँ आएका थिए । पार्टी नेतृत्व बसेर विवाद समाधान भएपछि अभियानले गति लिने विश्वास उनले लिएका छन् ।




    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १७:०९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij