Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

राजनीति

कांग्रेसका जिल्ला र प्रदेश अधिवेशनको मिति तय

कांग्रेसका जिल्ला र प्रदेश अधिवेशनको मिति तय

images

  • 330
    Shares

    कांग्रेसका जिल्ला र प्रदेश अधिवेशनको मिति तय
    images

    काठमाडौं । नेपाली कांग्रेसले सम्पन्न हुन बाँकी रहेका जिल्ला तथा सातै प्रदेश तहका अधिवेशनको मिति निर्धारण गरेको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले बाँकी जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्न समयावधि तोकेको हो।

    केन्द्रीय कार्यसमितिको निर्णयअनुसार हिमाली तथा पहाडी क्षेत्रका बाँकी जिल्ला तहका अधिवेशन आगामी मंसिर २६ र २७ गते सञ्चालन हुनेछन्। त्यस्तै, अन्य क्षेत्रका बाँकी जिल्ला तहका अधिवेशन पुस ४ र ५ गतेका लागि निर्धारण गरिएको छ।

    यसैगरी, सातै प्रदेशको अधिवेशन आगामी पुस १० गतेदेखि १८ गतेसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ।

    पार्टीका एक पदाधिकारीका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको चयन भई १५औँ केन्द्रीय महाधिवेशन गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भइसकेको छ।

    सोही क्रममा सम्पन्न हुन बाँकी रहेका जिल्ला तथा प्रदेश तहका अधिवेशनलाई पूर्णता दिन समय निर्धारण गरिएको हो।

    केन्द्रीय कार्यसमितिको निर्णयका आधारमा केन्द्रीय निर्वाचन समितिले आवश्यक सूचना जारी गर्नेछ। समितिले सम्बन्धित प्रदेश तथा जिल्लामा खटिएका निर्वाचन अधिकृतहरूलाई जिल्ला सभापतिसँग समन्वय गरी तोकिएको समयभित्र निर्वाचनको मिति तय गर्न, कार्यतालिका प्रकाशन गर्न र अधिवेशन सम्पन्न गराउन आग्रह गरेको छ।

    935024775_1065620602603339_7427533513399903700_n_BlrQ2cDqop.webp

     

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १४:५४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij