Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

एमसीसी परियोजनाको म्याद एक वर्ष थप्ने निर्णय

एमसीसी परियोजनाको म्याद एक वर्ष थप्ने निर्णय

images

  • 239
    Shares

    एमसीसी परियोजनाको म्याद एक वर्ष थप्ने निर्णय
    images

    काठमाडौं । अमेरिकी अनुदानमा सञ्चालित मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल) अन्तर्गतका आयोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने निर्णय गरिएको छ।

    केही साताअघि बसेको मन्त्रिपरिषद् बैठकले परियोजनाको म्याद थपसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउने जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको थियो। सोहीअनुसार परियोजनाको कुल लागत नबढ्ने सर्तमा एक वर्ष म्याद थप्ने प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।

    अब नेपाल सरकारले म्याद थपका लागि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्डमा औपचारिक प्रस्ताव पठाउनेछ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले यसबारे निर्णय गर्न सक्ने बताइएको छ।

    नेपालमा १३ भदौ २०८० देखि कार्यान्वयन सुरु भएको परियोजना विभिन्न आन्तरिक तथा बाह्य कारणले प्रभावित भएको थियो। अमेरिकी वैदेशिक सहायता पुनरावलोकनका कारण करिब सात महिना काम प्रभावित भएको थियो भने त्रिशूली नदीमा आएको बाढीले पनि निर्माण कार्यमा अवरोध पुर्‍याएको थियो।

    कुल ७४ करोड ७० लाख अमेरिकी डलर लागतको परियोजनामा अमेरिकी सरकारको ५५ करोड र नेपाल सरकारको १९ करोड ७० लाख डलर लगानी रहेको छ।

    परियोजनाअन्तर्गत ३१५ किलोमिटर प्रसारण लाइन, तीनवटा ४०० केभी सबस्टेसन तथा दाङको धानखेतदेखि लमहीसम्म सडक स्तरोन्नतिको काम भइरहेको छ।

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १६:१६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij