२०८३ मंसिर १३ गते आइतवार
काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षक छनोटसम्बन्धी लिखित परीक्षामा मकवानपुरका विभिन्न परीक्षा केन्द्रबाट २० थान मोबाइल फोन जफत गरिएको छ ।
परीक्षा हलमा मोबाइल फोन लैजान नपाउने पूर्वसूचनालाई बेवास्ता गर्दै २० जना परीक्षार्थीले लुकाइछिपाइ मोबाइल लगेपछि ती फोन जफत गरिएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरीका अनुसार जिल्लाका २७ परीक्षा केन्द्रमा सञ्चालित लिखित परीक्षामा ६ हजार ८३६ परीक्षार्थी सहभागी भएका थिए ।
परीक्षाको निष्पक्षता, गोपनीयता र मर्यादा कायम राख्न शिक्षक सेवा आयोगको परीक्षा सञ्चालन निर्देशिकाले परीक्षा हलभित्र मोबाइल फोन लैजान निषेध गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij