२०८३ मंसिर १३ गते आइतवार
काठमाडौं । गएको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सुनसरी, सप्तरी, महोत्तरी, रौतहट र सुर्खेतमा भएका दुर्घटनामा ६ जनाले ज्यान गुमाएका हुन्।
यस अवधिमा काठमाडौं उपत्यकामा ८ जना घाइते भएका छन्। त्यस्तै, बागमती प्रदेशका उपत्यकाबाहेकका जिल्लामा ११ जना, गण्डकीमा १३, कर्णालीमा १, सुदूरपश्चिममा १०, लुम्बिनीमा २१, मधेसमा १८ र कोसी प्रदेशमा ३२ जना घाइते भएका छन्।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा परी देशभर ११७ जना घाइते भएका हुन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij