२०८३ मंसिर १३ गते आइतवार
काठमाडौं । नेपाल पत्रकार महासंघ मोरङले रास्वपा महामन्त्री विपिन आचार्यलाई ज्ञापन पत्र बुझाएको छ ।
विराटनगर आएका महामन्त्री आचार्यलाई सञ्चार तथा पत्रकारितासम्बन्धी समस्याबारे ध्यानाकर्षण पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै महामन्त्री आचार्यले राष्ट्रिय स्वातन्त्र पार्टी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए ।
उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा रास्वपा कहिल्यै सम्झौता नगर्ने बताए । उनले भने,’ हिजो पनि हाम्रो अडान यही थियो, आज पनि छ र भोलि पनि कायम रहनेछ । पत्रकार महासंघले उठाएका विषय र मागलाई गम्भीरतापूर्वक अध्ययन गरेर सम्बन्धित निकायमा पुर्याउनेछु ।
उनले पत्रकारिता समाजको अभिन्न अंग भएकोृ र यसलाई अझ समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउन रास्वपा प्रतिबद्ध रहेको बताए ।
आचार्यले यस क्षेत्रलाई अझ समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउने काममा रास्वपा प्रतिबद्ध रहेको बताए ।
उनले पत्रकार महासंघले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको जनाउँदै सम्बन्धित निकायसम्म ती विषय पुर्याउने आश्वासनसमेत दिए ।
महासंघ मोरङले बुझाएको ध्यानाकर्षण पत्रमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्न खोजेको भन्दै आपत्ति जनाइएको छ ।सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याएर अवरोध गर्ने घटनामा संलग्नलाई कारबाही नगरी सरकारले दण्डहीनतालाई प्रश्रय दिएको महासंघको आरोप छ ।
ध्यानाकर्षण पत्रमा गोरखापत्र, राष्ट्रिय समाचार समिति ९रासस०लगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन गर्दै पारिश्रमिक उपलब्ध नगराइएको विषय पनि उठाइएको छ ।
सरकारी विज्ञापन तथा सूचना वितरणमा सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्नुपर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको, लोककल्याणकारी विज्ञापनमा सरकारले कटौती गरेर सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गरेको र सूचनामा पहुँच सीमित गरिएको भन्दै महासंघले आपत्ति जनाएको छ ।
प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको श्रम अधिकारको सुनिश्चितता, सञ्चारमाध्यमको आर्थिक तथा व्यावसायिक सुरक्षालगायतका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले महासंघ अहिले आन्दोलनमा छ ।
नेता आङदेम्बेले अनुसन्धानका नाममा हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गरेर तयार पारेको कागज पढ्न बाध्य पारिएको र नमाने फसाइदिने धम्की दिइएको भन्ने विषय सत्य हो भने त्यो विधिको शासनमाथिको गम्भीर प्रहार हुने उल्लेख गरेका छन् ।
आङदेम्बेले सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ भनी प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रश्न गरेका छन् । उनले राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरिनु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत भएको समेत बताएका छन् ।
‘सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ’, आङदेम्बेले भनेका छन्, ‘यदि यस्ता गतिविधि भइरहेका छन् भने यो राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हो ।’
उनले नेपाली कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका लागि दशकौँदेखि लड्दै आएको पार्टी भएकाले यसमा आफ्नो अडान कायम रहेको स्पष्ट पारेका छन् ।
राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार नभएको उल्लेख गर्दै आङदेम्बेले सरकार क्षणिक सनकमा नभई संविधान र विधिको शासनमा चल्नुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।
उक्त प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिए जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij