Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

नेपाली पावरलिफ्टर मनोज श्रेष्ठसँग शिवम् सिमेन्टको सहकार्य

नेपाली पावरलिफ्टर मनोज श्रेष्ठसँग शिवम् सिमेन्टको सहकार्य

images

  • 232
    Shares

    नेपाली पावरलिफ्टर मनोज श्रेष्ठसँग शिवम् सिमेन्टको सहकार्य
    images

    काठमाडौं । नेपालका पावरलिफ्टिङ क्षेत्रमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि नेपालको अग्रणी उद्योग शिवम् सिमेन्टले आगामी खेलहरुको लागि सहकार्य गर्ने भएको छ ।

    सन् २०१७ देखि निरन्तर पावरलिफ्टिङ क्षेत्रमा सक्रिय मनोज श्रेष्ठले विभिन्न प्रतिष्ठित प्रतियोगिताहरूमा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आइरहेका छन् । गत वर्ष सम्पन्न अन्तराष्ट्रिय World Powerlifting Championship-2025 मा स्वर्ण पदक जित्नुका साथै प्रतियोगिताका क्रममा मनोज श्रेष्ठले उच्च तौलसहित स्क्वाट तथा डेडलिफ्टमा प्रभावशाली प्रदर्शन गरेका थिए । नेपालको झण्डासहित अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्दै उनले अनुशासन, आत्मविश्वास र अथक मेहनतको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् ।

    सन् २०१७ देखि २०२५ सम्म मनोज श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उल्लेखनीय सफलता हासिल गरेका छन् । उनका प्रमुख उपलब्धिहरूमध्येः

    World Powerlifting Championship 2025 - Gold Medal, NYFC Classic 2024 - Gold Medal, 1st Valley Level Open Powerlifting Championship 2024 -Gold Medal, Bench Press Record - 180 KG, Powerlifting Total Record -781 KG, Dubai National Recordतथा वभिन्न प्रतियोगिताहरूमा ग्लमभच डघपन  देखि ःभल’क ज्ञद्दण्पन एयधभचषितष्लन ऋबिकक सम्म उत्कृष्ट प्रदर्शन गर्नुका साथै Nepali Youth Fitness and Calisthenics (NYFC) द्वारा आयोजित विभिन्न प्रतियोगिताहरूमा निरन्तर सफलता हाँसिल गर्दै आईरहेको छन् ।

    मनोज श्रेष्ठको निरन्तर मेहनत, अनुशासन र स्ट्रेन्थलाई सम्मान गर्दै शिवम् सिमेन्टले उनलाई आगामी खेल यात्राका अझ सहज उत्कृष्ट होस् भन्ने अभिप्रायले  प्रायोजन गर्न लागिएको  जनाएको छ । Quality र Strength लाई आफ्नो पहिचान बनाएको शिवम् सिमेन्टले मनोज श्रेष्ठको शक्ति, आत्मविश्वास र दृढतालाई आफ्नै ब्रान्डको मजबुतीसँग जोडेर हेरेको कम्पनीको भनाइ छ ।

    शिवम् सिमेन्टले यसअघि पनि भलिबल, फुटबल, क्रिकेट, म्याराथुन लगायत विभिन्न खेलकुद गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै नेपाली खेलकुद क्षेत्रको विकासमा आफ्नो महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । खेलकुदमार्फत युवामा ऊर्जा, अनुशासन र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित शिवम् सिमेन्ट सधैं खेल र खेलाडीको साथमा उभिएको छ ।

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १४:२७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij