Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

डा. गोविन्द केसीले दिए २६औँ सत्याग्रहको चेतावनी

डा. गोविन्द केसीले दिए २६औँ सत्याग्रहको चेतावनी

images

  • 197
    Shares

    डा. गोविन्द केसीले दिए २६औँ सत्याग्रहको चेतावनी
    images

    काठमाडौं । प्रा. डा. गोविन्द केसीले विगतमा भएका सहमतिहरू कार्यान्वयन नभए २६औँ सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिएका छन् ।

    आज बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले  भोलि शुक्रबारसम्म सहमति विपरीतका निर्णय नसच्याइए र विगतका सम्झौता कार्यान्वयन नगरिए आफू सत्याग्रहमा बस्न बाध्य हुने बताएका हुन् ।

    ​विज्ञप्तिमा २४औँ र २५औँ सत्याग्रहका क्रममा चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जबाफदेहिता, सुशासन र सामाजिक न्यायका मागसहित सरकारसँग सहमति भए पनि सरकारले उल्टै ती सहमति उल्लङ्घन गरेको उल्लेख छ ।

    सहमतिअनुसार काम गर्नुको सट्टा सरकारले जबाफदेहिता र सुशासनसम्बन्धी सहमतिको मर्म विपरीत छानबिन समिति गठन गरेको र गल्ती सच्याउन गरिएको आग्रहलाई समेत बेवास्ता गरेको डा।केसीको आरोप छ ।

    ​स्वास्थ्य, शिक्षा, जबाफदेहिता र सुशासनको नारासहित निर्वाचित भएको सरकारबाटै यिनै विषयमा भएका सहमतिहरू बारम्बार उल्लङ्घन हुनु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण रहेको उनले बताएका छन् । 

     

     

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - १५:१६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij