२०८३ मंसिर १० गते बिहिवार
काठमाडौं । गएको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने १७१ जना घाइते भएका छन्।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सिराहा, बारा, पर्सा, धादिङ, नवलपरासी पूर्व, तनहुँ, रुपन्देही, कपिलवस्तु, दाङ, कञ्चनपुर र कैलालीमा भएका दुर्घटनामा १३ जनाले ज्यान गुमाएका हुन्।
दुर्घटनामा घाइते हुनेमध्ये काठमाडौं उपत्यकाका १५ जना रहेका छन्। त्यस्तै, बागमती प्रदेशका अन्य जिल्लामा ५ जना, गण्डकी प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ९ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना घाइते भएका छन्।
यसैगरी लुम्बिनी प्रदेशमा ३५ जना, मधेस प्रदेशमा ४४ जना र कोशी प्रदेशमा २२ जना घाइते भएको प्रहरीको विवरणमा उल्लेख छ।
प्रहरीको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा देशभर सवारी दुर्घटनाका कारण ठूलो संख्यामा मानवीय क्षति भएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij