Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

१० वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परीक्षण शुरु

१० वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परीक्षण शुरु

images

  • 162
    Shares

    १० वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परीक्षण शुरु
    images

    काठमाडौं । विगत १० वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परिक्षण शुरु गरिएको छ । काठमाडौं महानगरपालिकाले बिहीवार एक कार्यक्रमको आयोजना गरी बायोग्यास प्लान्ट परीक्षण शुभारम्भ गरेको हो । 

    उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले प्लान्ट परीक्षणको शुभारम्भ गरेका छन्। यसअघि कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई बायोग्यास प्लान्ट सञ्चालनको लागि हस्तान्तरण गरेका थिए । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ढकालले ऊर्जा मन्त्रालयको निर्देशन र काठमाडौं महानगरपालिकासँगको सहकार्यमा प्लान्टको प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी पुनः सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् । 

    उनका अनुसार करिव १० वर्षअघि निर्माण गरिएको उक्त प्लान्ट सञ्चालनमा आएको केही समयपछि बन्द भएको थियो । पुरानो प्लान्टको डिजाइन विद्युत उत्पादन गर्ने उद्देश्यले गरिएको भएपनि हालको प्राविधिक अध्ययनले उत्पादित बायोग्यासलाई सिधै उपभोक्तासम्म पु¥याउनु उपयुक्त देखाएको उनको भनाई छ । पाइपलाइनमार्फत आसपासका घरपरिवारलाई ग्यास वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन्। 

    उनका अनुसार प्लान्टको दीर्घकालीन सञ्चालन सुनिश्चित गर्न सार्वजनिक–निजी साझेदारी ९पीपीपी० मोडेल अपनाउने विषयमा पनि छलफल भइरहेको छ । निजी क्षेत्रलाई सञ्चालन व्यवस्थापनमा सहभागी गराएर महानगरपालिकाको स्वामित्वमा प्लान्ट सञ्चालन गर्ने अवधारणालाई अघि बढाइएको उनले बताएका छन् ।   

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - १३:५५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij