Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रा

५० लाख ५० हजार नेपाली रुपैयाँ र ओमानी रियालसहित दुई जना पक्राउ

५० लाख ५० हजार नेपाली रुपैयाँ र ओमानी रियालसहित दुई जना पक्राउ

images

  • 197
    Shares

    ५० लाख ५० हजार नेपाली रुपैयाँ र ओमानी रियालसहित दुई जना पक्राउ
    images

    काठमाडौं । ठमेलबाट स्रोत नखुलेको ठूलो परिमाणको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार पक्राउ पर्नेमा चितवनकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्।

    प्रहरीले उनीहरूको साथबाट नेपाली ५० लाख ५० हजार रुपैयाँ, ओमानी रियाल ४ हजार २१५ र संयुक्त अरब इमिरेट्स (यूएई) का ५५ दिराम बरामद गरेको छ।

    पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - ११:४६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij